राजनीति


एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य एमालेमा फर्किए

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य एमालेमा फर्किए

तस्बिर : केपी ओलीको सचिवालय


नेपालखबर
फागुन १, २०८० मंगलबार १७:५५, काठमाडौँ

पार्टी विभाजनका बेला माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा गएका दुईजना नेता नेकपा एमालेमै फर्किएका छन्। 

एमाले छाडेर एकीकृत समाजवादीको केन्द्रीय तहको जिम्मेवारीमा रहेका दुईजना नेताहरूलाई मंगलबार च्यासलमा स्वागत गरिएको छ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम्  गण्डकी प्रदेश कमिटीका सचिव पीएल श्रेष्ठ र केन्द्रीय सदस्य एवम् तनहुँ इन्चार्ज  शंकरनारायण श्रेष्ठ एमालेमै फर्किएका हुन्। 

एकीकृत समाजवादी परित्याग गरी च्यासल पुगेका उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत स्वागत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .