राजनीति


ओलीले एमाले बैठकमा भने : शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब टुंग्याउन चाहन्छौँ

ओलीले एमाले बैठकमा भने : शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब टुंग्याउन चाहन्छौँ

तस्बिर : दिनेश भण्डारी


नेपालखबर
फागुन ८, २०८० मंगलबार १३:०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब चाँडो टुंग्याउन चाहेको बताएका छन्। 

मंगलबारबाट पार्टी कार्यालय च्यासलमा मंगलबारदेखि सुरु केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

‘संक्रमणकालीन न्यायको समस्या अविलम्ब टुंग्याउन चाहन्छौँ। शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन चाहन्छौँ,’ ओलीले भने, ‘यो टुंग्याउँदा हिजो पनि पीडितमाथि थप पीडा भयो। आज पनि उनीहरूलाई पीडामा पीडा थपेर होइन, न्याय दिएर। अथवा पीडितमैत्री ढंगले समस्याको समाधान हुनुपर्छ।’

उनले यसअघि गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनका बेलामा पनि यो विषय टुंग्याउन पहल गरेको बताए। 

‘हामीलाई शान्ति प्रक्रिया टुंग्याऔँ, संक्रमणकालीन न्यायका कुरा टुंग्याऔँ। ११ गते चुनाव त पछि त अहिले टुंग्याऔँ भन्नुभयो। उहाँहरूको योजना के थियो भने, अरु सहयोगीले मानेनन् जस्ता कुराहरू राख्नुभयो। हामी त्यसमा स्पष्ट थियौँ। आफ्ना दृष्टिकोण र नीतिमा स्पष्ट थियौँ,’ ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .