ad ad

राजनीति


त्रिवि उपकुलपति नियुक्ति गर्न ‘मेरिटोक्रेसी’ अध्ययन गर्दै प्रधानमन्त्री

त्रिवि उपकुलपति नियुक्ति गर्न ‘मेरिटोक्रेसी’ अध्ययन गर्दै प्रधानमन्त्री

नेपालखबर
फागुन १०, २०८० बिहिबार ११:२५, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भीसी) का लागि ‘सर्च कमिटी’ले सिफारिस गरेका तीन जनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्ययन गरिरहेका छन्। 

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले सर्च कमिटीले भीसीका लागि तीन जनाको नाम सिफारिस गरे पनि त्यसमा कत्तिको स्वस्थ र स्वतन्त्र प्रतिस्पर्धा गराइएको छ भनेर प्रधानमन्त्री प्रचण्ड अध्ययनमा रहेको जानकारी दिएका हुन्।  

‘सर्च कमिटीले ३ जनाको नाम ल्यायो। तर उसले पनि मेरिटोक्रेसी (क्षमता) फलो गर्नुपर्‍यो नि! उसले त्यहाँ बदमासी गर्‍यो कि गरेन? सर्टिफिकेटको मार्किङमा, जर्नलको, रिसर्चको, प्रिजेन्टेसनमा, इन्टरभ्युमा, त्यसपछि थेसिसमा, जुन एकेडेमिक नम्बरिङ हुन्छन् नि, त्यसमा त्यसले बदमासी गर्‍यो कि? त्यहाँ मेरिरोटोक्रेसी फलो भयो कि भएन भन्ने कुरा मेजर हुन्छ। माथि टपमा आउँदा मेरिटोक्रेसी फलो हुँदै हुँदै आउनुपर्‍यो। यस विषयमा प्रधानमन्त्री अध्ययनमा हुनुहुन्छ’, उनले नेपालखबरसँग भने।

त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सर्च कमिटीले सर्टलिस्टमा छनोट भएका १४ उम्मेदवारमध्ये तीन जनाको नाम सिफारिस गरेको छ।

कमिटीले त्रिवि उपकुलपतिका लागि केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो।  

प्रधानमन्त्री प्रचण्ड आफूले सुरुदेखि नै सार्वजनिक रूपमै त्रिविमा राजनीतिक भागबन्डाका आधारमा होइन, स्वतन्त्र प्रतिस्पर्धा र क्षमताका आधारमा नियुक्ति गरिने भनेर गरेको प्रतिबद्धतामा अडिग रहेको र सोहीबमोजिम अध्ययनमा रहेको प्रेस विज्ञ तिमिल्सिनाको भनाइ छ।

त्रिविले पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्न लागेको हो।

यसका लागि त्रिविले गत पुस २३ गते दरखास्त आह्वान गरेको थियो। जसमा ४३ जनाले आवेदन दिएका थिए। तीमध्ये सर्टलिस्टमा परेका  १४ जनाबाट ३ जनाको नाम सिफारिस गरिएको हो।

कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भेजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा सर्टलिस्टमा परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .