राजनीति


एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जवाफ दिँदै

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जवाफ दिँदै

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १२:४२, काठमाडौँ

प्रमुख प्रतिपक्ष नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि ललितपुरको च्यासलमा जारी छ।

यो बैठक मंगलबारबाट सुरु भएको छ। बैठकमा विभिन्न समूह बनाएर बुधबार दिनभर छलफल गरिएको थियो। 

सामूहिक छलफलका क्रममा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक समापन गर्नेछन्। 

बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा बुधवार भएको समूहगत छलफलका निष्कर्ष सुनाउने कार्यक्रम आजका लागि तय भएको छ। 

अध्यक्ष ओलीले जवाफ दिएसँगै एमालेले विभिन्न घोषणासहित बैठक समापन गर्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .