ad ad

राजनीति


विद्रोह र अन्तर्घात गर्नेलाई काखि च्यापे परिणाम राम्रो हुँदैन : गोपालमान

विद्रोह र अन्तर्घात गर्नेलाई काखि च्यापे परिणाम राम्रो हुँदैन : गोपालमान

नेपालखबर
फागुन १०, २०८० बिहिबार १८:३४, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीभित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्ने बताएका छन्।

बिहीवार पार्टीको महासमिति बैठकको समापन सत्रमा सम्बोधन गर्दै पूर्वउपसभापति श्रेष्ठले पार्टीभित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्ने बताएका हुन्। उनले अनुशासनको डण्डालाई दह्रो बनाउनसके आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने बताए।

श्रेष्ठले कार्यकर्ताहरुलाई अनुशासनमा राख्न नसकेर विद्रोह र अन्तर्घात गर्नेहरुलाई काखि च्यापेमा त्यसले राम्रो परिणाम दिन नसक्ने बताए।

उनले भने, ‘साथीहरुलाई अनुशासनमा राख्न नसकेर विद्रोह गर्ने साथीहरुलाई, अन्तर्घात गर्ने साथीहरुलाई जब काखि च्याप्छौँ। काखि च्यापेपछि त्यसको परिणाम यस्तै भोग्नुपर्छ। त्यसले गर्दा हामी एक भएर अगाडी बढौँ। राम्रोसँग संगठन गरेर अगाडी बढ्यौँ भने आगामी ०८४ मा कसैसँग मिल्नु पर्दैन। कसैसँग सम्झौता गर्नुपर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .