ad ad

राजनीति


गगनले भने : कांग्रेसले एक्लै चुनाव लड्न सक्छ भनेर जनतामाझ जाने हो

काम नगर्ने मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने जिकिर
गगनले भने : कांग्रेसले एक्लै चुनाव लड्न सक्छ भनेर जनतामाझ जाने हो

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन १०, २०८० बिहिबार १८:५५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारीलाई कांग्रेसको वरिपरि राख्नै नहुने बताएका छन्।

पार्टी महासमिति बैठकको समापन समारोहलाई बिहीबार सम्बोधन गर्दै थापाले भ्रष्टाचारमा मुछिएकाहरूलाई कांग्रेसको वरिपरि नराखे पार्टीको शक्ति आफैँ बढ्ने बताएका हुन्।  

‘भ्रष्टाचारमा मुछिएकालाई कांग्रेसले वरिपरि राख्दिन भन्नुपर्छ,’ उनले भने ,‘त्यसपछि हाम्रो शक्ति आफैँ बढ्छ।’  

थापाले सरकारमा गएर पनि काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने पनि बताएका छन्। 

‘काम गर्न नसकेको मन्त्रीलाई विश्राम दिऊँ। फिर्ता बोलाऊँ,’  उनले भने, ‘भ्रष्टाचारी नेतालाई पाता कसेर लडाउँछौँ। तपाईंहरू सगठन निर्माणमा ध्यान दिनु कांग्रेसले यो यो गर्‍यो भनेर जनतालाई सुनाउनू।’ 

उनले पार्टी एक्लै चुनाव लड्न सक्ने विषयमा पनि प्रष्ट पारे। महामन्त्री थापाले आगामी चुनावमा गठबन्धन नगर्ने भनेर महासमितिमा राखेको सांगठानिक प्रस्ताव पनि पारित भएको छ।

‘कांग्रेस एक्लै लड्न सक्छ भन्ने हुति राखेर यो हलबाट बाहिर जाने हो। पार्टीभित्र न्याय र सम्मान होस् भन्नु भएको छ। हामीलाई जिम्मेवारी दिनु भएको छ,’ उनले भने, ‘कांग्रेसले देशको सबै समस्या समाधान गरोस् भनेर तपाईंहरूले भन्नु भएको छ। बीपीले भन्नु भएको थियो। इतिहासले गौरव दिए जिम्मेवारी पनि लिनुपर्छ। हामी त्यो लिन तयार छौँ। हाम्रो इतिहासप्रति गौरव पनि छ।’

नेताको नाममा सहरकारीबाट ठग्नेलाई कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्ने उनले बताए।  

०८४ मा सरकारमा जाने कुरा नभई पार्टी अहिले नै सरकारमा रहेकाले यो बेला गरेको काम लिएर चुनावमा जानुपर्ने उनले बताए।

‘हामी ०८४मा सरकारमा जान्छौँ होइन। अहिलेनै सरकारमा छौँ। अहिले गरेका काम देखाएर झन बढी मत ल्यायौँ फेरि सरकारमा जाऊँ’, उनले भने, ‘०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन होस् भनेर संसद्‌मा कांग्रेसले पेस गर्नुपर्ने छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .