राजनीति


माओवादीले हेरफेर गर्दै प्रदेश इन्चार्ज, यी हुन् प्रस्तावित नाम

माओवादीले हेरफेर गर्दै प्रदेश इन्चार्ज, यी हुन् प्रस्तावित नाम

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन १५, २०८० मंगलबार १३:२२, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू हेरफेर गर्न लागेको छ।

साउन अन्तिम साता माओवादी रुपान्तरण विशेष अभियानका लागि बनाइएका इन्चार्ज मंगलबार बसेको स्थायी समिति बैठकबाट हेरफेर गर्न लागिएको हो।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको स्थायी समिति बैठकमा नयाँ इन्चार्ज प्रस्ताव भएको हो। माओवादीले १० प्रदेश संरचनाको अभ्यास गरिरहेको छ। 

यी हुन् प्रस्तावित इन्चार्ज 
हरिबोल गजुरेल–कोशी इन्चार्ज
लीलामणि पोखरेल– मधेस प्रदेश
अग्नि सापकोटा–  बागमती

 दीनानाथ शर्मा– गण्डकी
चन्द्रप्रकाश खनाल– लुम्बिनी
कालीबहादुर मल्ल–  कर्णाली  
गिरिराजमणि पोखरेल–सुदूरपश्चिम

यसअघि कोशी इन्चार्जमा खनाल थिए। गजुरेलले पहिलो पटक इन्चार्जको भूमिका पाएका हुन्।

उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटालाई बागमती ल्याइने भएको छ। यसअघि उपमहासचिव जनार्दन शर्मा बागमती इन्चार्ज थिए। 

यसैगरी विशेष प्रदेशमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने प्रस्ताव बैठकमा पेश भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .