राजनीति


राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १२:७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन छाडेर वाम गठबन्धनको सरकार फर्काउने निर्णयपछि प्रधानमन्त्री शीतल निवास पुगेका हुन्।

त्यहाँ उनले परिवर्तित राजनीतिक घटनाक्रमबारेमा राष्ट्रपतिलाई ब्रिफिङ गर्ने बताइएको छ।

त्यस्तै नेकपा एमालेसहितको नयाँ समीकरणमा सरकार पुनर्गठनको निर्णयबारे पनि उनले राष्ट्रपतिलाई जानकारी दिने भएका छन्। 

वाम गठबन्धनको सरकार बन्ने भएलगत्तै सोमबार अपरान्ह कम्तीमा ४ जना मन्त्रीले पद तथा गोपनीयतको शपथ लिँदैछन्।

एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन, जसपाबाट उपेन्द्र यादव र रास्वपाबाट रवि लामिछानेले पहिलो चरणमा मन्त्रीको शपथ लिन लागेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .