राजनीति


बालुवाटारबाट निस्किएर जिफन्टको कार्यक्रममा पुगे ओली

बालुवाटारबाट निस्किएर जिफन्टको कार्यक्रममा पुगे ओली

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १२:३४, काठमाडौँ

बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठकमा भाग लिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन्। 

बालुवाटारमा पुनर्गठित सरकारका सम्भावित मन्त्रीहरूको सूचीमा छलफलपछि ओली जिफन्टको कार्यक्रममा पुगेका हुन्। 

बालुवाटारमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धन दलका नेताहरूसँग सरकारको सम्भावित स्वरुपबारे छलफल गरेका छन्।

गृह र अर्थसहितका मन्त्रालयलाई लिएर नयाँ गठबन्धनमा अन्तिम टुंगो लाग्न बाँकी छ। गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाबी गरिरहेका छन्। 

नेपाली ट्रेड युनियन आन्दोलनको ७७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्न ओलीलाई प्रमुख अतिथि बनाइएको छ।

महासंघले सोमबार आन्दोलनको ७७ औँ वार्षिकोत्सव मनाउँदैछ। कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन्।

त्यस अवसरमा जिफन्टले ‘चुनौतीसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गरिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .