राजनीति


नयाँ तीन मन्त्री पनि बिनाविभागीय, सबै मन्त्रालयको जिम्मा प्रचण्डलाई

नयाँ तीन मन्त्री पनि बिनाविभागीय, सबै मन्त्रालयको जिम्मा प्रचण्डलाई

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १८:२६, काठमाडौँ

नेकपा एमालेसहितको नयाँ गठबन्धनबाट सोमबार तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार शीतल निवासमा शपथ लिएका तीनजना मन्त्रीलाई तत्कालै कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन।

उनीहरूले बिनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएपछि सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका छन्। 

सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्।

उनीहरूलाई कुनै मन्त्रालयको जिम्मा नदिएपछि अब केही समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर गर्नेछन्।

यस्तोमा प्रचण्डको काँधमा सबै मन्त्रालयको कार्यभार आएको छ। नयाँ गठबन्धनले भागबन्डाका लागि चार सदस्यीय कार्यदल बनाएको छ।

उक्त कार्यदलले प्याकेजमै सबै भागबन्डा मिलाइसकेर त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारी गठबन्धनमा भएको छ। 

प्रधानमन्त्रीको जिम्माका मन्त्रालय

  • अर्थ,
  • उद्योग, वाणिज्य तथा आपूर्ति,
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, 
  • कानून, न्याय तथा संसदीय मामिला, 
  • कृषि तथा पशुपन्छी विकास, 
  • खानेपानी, 
  • गृह, 
  • परराष्ट्र 
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, 
  • भौतिक पूर्वाधार तथा यातायात, 
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, 
  • युवा तथा खेलकुद, 
  • रक्षा, 
  • वन तथा वातावरण, 
  • शिक्षा, विज्ञान तथा प्रविधि, 
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा, 
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, 
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन 
  • सञ्चार तथा सूचना प्रविधि, 
  • सहरी विकास र 
  • स्वास्थ्य तथा जनसङ्ख्या।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .