राजनीति


राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार उठाउने निष्कर्षमा कांग्रेस, अन्य दलसँग पनि छलफल गर्ने

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार उठाउने निष्कर्षमा कांग्रेस, अन्य दलसँग पनि छलफल गर्ने

नेपालखबर
फागुन २६, २०८० शनिबार ११:५७, काठमाडौँ

नेपाली कांग्रेस पनि राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारी तथा केही पूर्वपदाधिकारीको बैठक अध्यक्षमा उम्मेदवारी दिनुपर्ने सैद्धान्तिक निर्णय भएको सहमहामन्त्री जीवन परियारले नेपालखबरलाई जानकारी दिए।

कांग्रेसले विपक्षमा रहेका अन्य दलको सहयोग जुटाउनका लागि पनि छलफल गर्ने निर्णय गरेको परियारको भनाइ छ।

उम्मेदवार चयनका बारेमा भने कांग्रेस अन्योलमै छ। राष्ट्रिय सभाकै सदस्यहरूको बैठकपछि उम्मेदवार तय गरिने कांग्रेस नेताहरूले बताएका छन्।

यसअघि कृष्णप्रसाद सिटौलालाई उठाउने भनेको कांग्रेसलाई माओवादीसँगको गठबन्धन टुटेपछि बहुमत जुटाउन कठिन भएको छ। सत्ता गठबन्धनबाट माओवादीबाट अध्यक्षको उम्मेदवार उठाउने समझदारी भएको छ।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .