राजनीति


नीतिशकुमारको उदाहरण दिँदै आनन्द ढुंगानाले भने : प्रचण्ड पनि पल्टुराम रहेछन्

नीतिशकुमारको उदाहरण दिँदै आनन्द ढुंगानाले भने : प्रचण्ड पनि पल्टुराम रहेछन्

तस्बिर : राष्ट्रिय सभाको भिडिओ लाइभबाट


नेपालखबर
फागुन २९, २०८० मंगलबार ११:४८, काठमाडौँ

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य आनन्दकुमार ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पल्टुरामको संज्ञा दिएका छन्।

मंगलबार राष्ट्रिय सभाको नयाँ अध्यक्षको निर्वाचनका लागि कांग्रेस युवराज शर्मालाई उम्मेदवारका रुपमा प्रस्तुत गर्ने क्रममा ढुंगानाले प्रचण्डप्रति कटाक्ष गरेका हुन्। 

‘बिहारका मुख्यमन्त्री नीतिशकुमार नौ पटक सत्ता गठबन्धन अदल बदल गरेका रहेछन्’, उनले भने, ‘त्यहीकारण उनलाई बिहारमा पल्टुराम भन्ददा रहेछन्। यहाँ पनि प्रधानमन्त्री जस्तो मान्छेले त्यस्तै कुरा गरेको सुन्यौँ।’

गत माघ ११ गते माओवादीसहितको गठबन्धनबाट उम्मेदवारी दिएर मधेस प्रदेशबाट निर्वाचित उनले प्रधानमन्त्री जस्तो मान्छेले बाँचुञ्जेल पल्टन सल्टन गरिरहन्छु भन्न नमिल्ने बताए।

‘प्रधानमन्त्री जस्तो मान्छेले बाँचुन्जेल पल्टन सल्टन गरिरहन्छु भन्न मिल्दैन’, उनले भने, ‘नेपाली जनतासँग २०७९ मा मत माग्दै गर्दा हामीले स्थिरतका कुरा गरेका थियौँ। तपाईं (प्रधानमन्त्री) पदका लागि कहिले यता कहिले उता गर्नु भनेर जनताले मत दिएका होइनन्।’

पछिल्लो समय प्रतिक्रियावादीले टाउको उठाए भनेर नयाँ गठबन्धन बनेको बताउँदै उनले त्यसको वास्तविकता के हो प्रधानमन्त्रीले बाहिर ल्याउनुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .