नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। आगामी चैत १५ र १६ गते बस्नेगरी अध्यक्ष गुरुङले बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले जानकारी दिए।
बैठकमा तरुण दलको पाचौ राष्ट्रिय महाधिवेशनबारे छलफल हुने विज्ञप्तिमार्फत पोखरेलले बताएका छन्।
केन्द्रीय कार्यसमितिका सम्पूर्ण सदस्यलाई सो बैठकमा उपस्थित हुन आह्वान गरिएको छ। ललितपुरको कुपन्डोलस्थित, कुपन्डोल ब्यान्क्वेटमा बैठक बोलाइएको छ।
114
Shares

प्रतिक्रिया