राजनीति


व्यवस्था बलियो बनाउन कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ : सांसद पाण्डे

व्यवस्था बलियो बनाउन कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ : सांसद पाण्डे

नेपालखबर
चैत ४, २०८० आइतबार १५:१६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभइ व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन्।

आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभइ देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए।

उनले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए। उनले व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको बताए। उनले कांग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको बताए।

सांसद पाण्डेले भने, ‘व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन् । व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तिमा कांग्रेस र एमाले भनेको ०४६ साल पछिका दुई मुल शक्तिहरु हुन्। एक प्रकारले यो व्यवस्थाका संस्थापक नै हुन्। हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउन भन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो।’

उनले एमाले र कांग्रेसको मेलमिलाप संस्था बनाउन र भत्काउन नभइ व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .