राजनीति


महरा पक्राउ परेपछि माओवादीले बोलायो पदाधिकारी बैठक

महरा पक्राउ परेपछि माओवादीले बोलायो पदाधिकारी बैठक

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार १७:३१, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

सुन तस्करीसँग जोडिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले उपाध्य कृष्णबहादुर महरालाई सोमबारै पक्राउ गरेपछि माओवादी पदाधिकारी बैठक डाकिएको हो। 

उपाध्यक्ष महरा पक्राउ परेको विषयबारे पदाधिकारीलाई  जानकारी दिन आकस्मिक बैठक बस्न लागेको हो।

एक पदाधिकारीले नेपालखबरसँग भने,'महराजीलाई पक्राउ गरिएको लगायत विषयबारे जानकारी दिन भोलि ९मंगलबार बिहान ८ बजे पदाधिकारी बैठक बस्दैछ।’

साढुभाइको मृत्यु भएपछि रोल्पा जाँदै गरेका उपाध्यक्ष महरालाई सीआईबीको टोलीले सोमबार बिहान कपिलबस्तुबाट पक्राउ गरेर जहाजमार्फत काठमाडौं ल्याइएको छ। 

अहिले जिल्ला अदालत काठमाडौंमा उनको म्याद थप हुँदैछ।  माओवादीका प्रभावशाली नेतामध्ये महराको प्रक्राउपछि विभिन्न प्रतिक्रिया आइरहेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड प्रधानमन्त्री रहेकै बेला महरा पक्राउ परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .