ad ad

राजनीति


एमालेले दियो इलाम २ को टिकट सुहाङ नेम्वाङलाई

एमालेले दियो इलाम २ को टिकट सुहाङ नेम्वाङलाई

फाइल तस्बिर


रुपक चौलागाईं
चैत ११, २०८० आइतबार १४:३२, काठमाडौँ

नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

आइतबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले इलाम २ मा सुहाङलाई उठाउने निर्णय गरेको हो। 

२०७९ मंसिरको निर्वाचनमा विजयी एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २५ गते राति हृदयाघातबाट निधन भएपछि उक्त क्षेत्र रिक्त थियो।

सुवास नेम्वाङको निधनपछि रिक्त उक्त क्षेत्रमा एमालेले उनका कान्छा पुत्र सुहाङलाई उठाउने निर्णय गरेको हो।

सुहाङ पेशाले कानुन व्यवसायी हुन्। उनी फुटबल क्लब पनि चलाउँछन्। सुहाङ इलाममा सामाजिक काममा पनि सक्रिय छन्।

सुहाङसहित अन्य ६ जनालाई जिल्ला र प्रदेशबाट पार्टी कमिटीले सिफारिस गरेको थियो।

सुहाङले केही समयअघिदेखि नै इलाममा आफ्नो उपस्थिति बाक्लो बनाएका छन्। पार्टी केन्द्रबाट पाएको निर्देशनपछि उनी निर्वाचन क्षेत्रमा खटिएका हुन्। 

इलामका जनताबाट आफूले उत्साहजनक प्रतिक्रिया पाएको नेम्वाङ बताउँछन्। केहीदिनदेखि काठमाडौंमै रहेका उनी पार्टीले टिकट दिएसँगै पुनः निर्वाचन क्षेत्रमै केन्द्रीत हुने कार्यक्रम छ।

एमालेले इलाममा  स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फेलाई उपनिर्वाचनका लागि खटाएको छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .