ad ad

राजनीति


चीनमा सुरु भयो बोआओ फोरम सम्मेलन, नेपालबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सहभागी

चीनमा सुरु भयो बोआओ फोरम सम्मेलन, नेपालबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सहभागी

नेपालखबर
चैत १५, २०८० बिहिबार ८:२५, चीन

एसियाको ‘डाभोस’का रूपमा चिनिने बोआओ फोरम फर एसियाको सन् २०२४ संस्करणको वार्षिक सम्मेलन चीनको दक्षिणी पर्यटकीय प्रान्त हाइनानको बोआओमा सुरु भएको छ।

प्रत्येक वर्ष स्विटरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको सम्मेलनजस्तै एसियाली मुलुकहरूको आर्थिक मञ्चका रूपमा विकास गर्ने उद्देश्यले २५ वर्षअघि अघि बोआओ फोरमको स्थापना भएको थियो।

बोआओ फोरमको उद्घाटन २७ फेब्रुअरी २००१ मा भएको थियो। तत्कालीन चिनियाँ राष्ट्रपति जिआङ जमिनले उद्घाटन गरेको
उद्घाटनमा नेपालका तत्कालीन राजा वीरेन्द्र सम्मानित अतिथिका रूपमा उपस्थित थिए।

अर्का विशिष्ट अतिथिका रूपमा मलेसियाका तत्कालीन प्रधानमन्त्री डा. महाथिर मोहम्मद थिए।

यसपटकको फोरममा आयोजक राष्ट्र चीनका तर्फबाट राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाओ लेजी उपस्थित छन्।

बोआओ फोरमका बोर्ड अफ डाइरेक्टरका अध्यक्षका हैसियतले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान कि मुनले सम्मेलनका सहभागीहरुलाई स्वागत गरे।

यस क्रममा उनले यसपटकको सम्मेलनले विश्वका देखिएका समस्या समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

विश्वको प्रमुख समस्याका रूपमा जलवायु परिवर्तन उल्लेख रहेको उल्लेख गर्दै समस्या समाधान गर्न महत्वाकांक्षी योजना उल्लेख
गर्नपर्नेमा जोड दिए। 

साथै विश्वशान्ति कायम गर्नमा पनि उनले जोड दिए।

सम्मेलनको उद्घाटन बिहीबार (१५ चैत) गरिए पनि यसको सुरुवात भने मंगलबार (१३ चैत) मै भएको हो।

यसअघि विभिन्न सब फोरमका रूपमा सम्मेलनअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।

यसपटकको फोरममा कजाखस्तानका राष्ट्रपति कसिम- जोमरात तोकायेभ, नारुरुका राष्ट्रपति डेभिड एडाङ, श्रीलंकाका राष्ट्रपति दिनेश गुनावर्दने, डोमिनिकन प्रधानमन्त्री रुजवेल्ट स्केरिट, कम्बोडियाको प्रिभी काउन्सिलका राष्ट्रपति पूर्वप्रधानमन्त्री हुन सेनलगायतले आआफ्ना मुलुकको प्रतिनिधित्व गरेका छन्।

नेपालका तर्फबाट भने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटाले प्रतिनिधित्व गरेका छन्।  

यस पटकको सम्मेलनको नारा एसिया एन्ड द वर्ल्ड : कमन च्यालेन्जेज, सेयर च्यालेन्जेज राखिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .