ad ad

राजनीति


नाउपा अध्यक्ष रञ्जिताको निर्देशन : सुदूरपश्चिम सरकारबाट हट्नू, नत्र कारबाही

नाउपा अध्यक्ष रञ्जिताको निर्देशन : सुदूरपश्चिम सरकारबाट हट्नू, नत्र कारबाही

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०८० शुक्रबार १८:२७, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीले नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ।

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। 

प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिँदै उनले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन भनेकी हुन्। यदि समर्थन फिर्ता नलिए कारबाही गर्ने चेतावनी अध्यक्ष श्रेष्ठ चौधरीले दिएकी छन्।

‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटिको चैत १४ गते टीकापुरमा बसेको बैठकको निर्णयअनुसार समर्थन फिर्ता लिने निर्णय भएकाले त्यही बमोजिम सरकारबाट बाहिरिन निर्देशन गर्दछु’, अध्यक्षले रञ्जिताले शुक्रबार पठाएको पत्रमा भनिएको छ।

यही चैत १४ गते कैलालीको टीकापुरमा भएको निर्णयलाई चुनौती दिँदै उन्मुक्तिका दुईजना सांसद बिनाविभागीय मन्त्रीले बिहीबारमात्रै मन्त्रालय पनि सम्हालेका थिए।

२१ सदस्यीय केन्द्रीय कमिटीका १२ जना पदाधीकारीले संघमा बनेको नयाँ गठबन्धनलाई प्रदेशमा पनि समर्थन गर्ने निर्णय गरेको थियो। तर मन्त्री भइसकेका उन्मुक्तिका प्रदेश सभा सदस्यहरूले पार्टी निर्देशनको अवज्ञा गरिरहेका छन्। 

उता सुदूरपश्चिम संसदीय दलका नेता चौधरीले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत रहने बताएका छन्। सुदूरपश्चिममा नाउपाका ७ प्रदेशसभा सदस्य छन्। 

नाउपा अध्यक्ष र संरक्षक रेशम चौधरीबीचको द्वन्द्वका कारण समस्या बढेको छ। अध्यक्ष रञ्जिता केन्द्रको गठबन्धनलाई प्रदेशसम्म लैजान तयार छिन्। तर उता उनका पतिसमेत रहेका पार्टीका संरक्षक रेशम चौधरी केन्द्रको सत्ता गठबन्धनको विपक्षमा उभिँदा तनाव बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .