राजनीति


आज संवैधानिक परिषद्को बैठक बस्दै, यस्तो छ कार्यसूची

आज संवैधानिक परिषद्को बैठक बस्दै, यस्तो छ कार्यसूची

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८० आइतबार ७:१८, काठमाडौँ

संवैधानिक परिषद्को बैठक आज बस्दैछ। बैठक आइतबार बिहान ९ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीले परिषद् बैठक बोलाएका हुन्।

एक साताअघि नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक आजका लागि सारिएको थियो।  

आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आजको बैठकका एजेण्डाका विषयमा छलफल गरेका छन्।

नयाँ सत्ता समीकरण बनेपछि शनिबार पहिलोपटक ओली र देउवा एकैसाथ प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।  

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन्।

एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्मा सत्ता समीकरण फेरिएसँगै शक्ति संरचना पनि फेरिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .