राजनीति


आज कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने

आज कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८० मंगलबार ७:३४, काठमाडौँ

उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) बस्दै छ। 

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि आफ्नै निवास (बूढानीलकण्ठ) मा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। 

बैठकले आगामी वैशाख १५ गते प्रतिनिधि सभा इलाम २ र प्रदेश सभा बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको तय गर्नेछ। 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘उम्मेदवारका विषयमा पदाधिकारी, पूर्वपदाधिकारीबीच प्रारम्भिक छलफल भइसकेको छ, अब आज कार्यसम्पादन समितिको बैठकमा टुंगो लगाउँछौँ।’ 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यचसिव कृष्णप्रसाद पौडेलले बताए।

इलाम २ का लागि एमालेले सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाइसकेको छ भने नेकपा माओवादी केन्द्र इलाम जिल्ला कमिटीले उम्मेदवारका रूपमा धिरेन शर्माको नाम केन्द्रमा सिफारिस गरिसकेको छ। 

यसैगरी एमालेले बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) का लागि दमनबहादुर भण्डारीलाई टिकट दिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .