राजनीति


खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

तस्बिर : नेपालखबर


नेपालखबर
चैत २५, २०८० आइतबार १३:४०, पोखरा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी दोस्रो पटक नियुक्त भएका छन् ।

 

प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई आइतबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएको आधार मानेर मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको आइतबार नै दिउँसो साढे ३ बजे शपथ समारोह राखिएको छ।

नेता अधिकारीले आइतबार नै एमालेका २२, माओवादी केन्द्रका ८ र राजीव गुरुङसहित ३१ जनाको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाउँदै नयाँ सरकारको दाबी गरेका थिए।

उनको त्यही दाबीअनुसार प्रदेश प्रमुखले धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

उता नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले खगराजलाई मुख्यमन्त्री बनाएकोमा आपत्ति जनाएका थिए। 

एमाले संसदीय दलका नेता खगराज अधिकारीले ३१ जना सांसदकाे समर्थनसहित सरकार गठनको दाबी पेस गरेपछि पाण्डेले प्रदेश प्रमुख भट्टलाई भेट्न खोजेका थिए।

उनले प्रदेश प्रमुखलाई भेटेर अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न भन्न लागेका थिए। तर अधिकारी मुख्यमन्त्री बनेसँगै उनले भेटको कार्यक्रम रद्द गरेका छन्।

यसअघि कांग्रेस सांसदहरूकाे टाेलीले प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै अधिकारीकाे दावी असंवैधानिक भएकाे जिकिर गरेका थिए। तर अधिकारीलाई त्यसअघि मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .