ad ad

राजनीति


कांग्रेसले गृहमन्त्रीबारे अडान नछाडेपछि संसद् बैठक बुधबारसम्मलाई स्थगित

कांग्रेसले गृहमन्त्रीबारे अडान नछाडेपछि संसद् बैठक बुधबारसम्मलाई स्थगित

तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
चैत २७, २०८० मंगलबार १४:९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अडान यथावत राखेपछि संसद् बैठक भोलि (बुधबार) दिउँसो ११ बजेसम्मलाई स्थगित भएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति माग गरिरहेको छ। 

मंगलबार बसेको बैठकमा पनि कांग्रेसले त्यही माग राखेर बैठकमा अवरोध गरेको थियो। 

बैठकमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि उनी दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटे।

तर, उक्त छलफलमा पनि सहमति जुट्न नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।

मंगलबारको बैठकको सुरुमै कांग्रेस सांसदहरू उठेर गृहमन्त्रीको विरोध गरेका थिए। कांग्रेस विरोधमा उत्रिएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पनि आसनबाट उठे। 

दायाँ र बायाँ दुवैतिर सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिए। 

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेकी थिइन्। 

थिङले आफ्नो कुरा सकेसँगै सभामुख घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिए। 

तर, कांग्रेस सांसदहरूले उनलाई बोल्न दिनबाट रोके।

सभामुख घिमिरेले पटक पटक झालाई बोल्न समय दिनका लागि कांग्रेस सांसदलाई आग्रह दिएका थिए। तर, कांग्रेसले सभामुखको अनुरोध मानेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .