ad ad

राजनीति


संसद् रोकिएसँगै इलामतिर लागे कांग्रेस महामन्त्री गगन थापा

संसद् रोकिएसँगै इलामतिर लागे कांग्रेस महामन्त्री गगन थापा

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार २२:२, काठमाडौँ

आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डम्बर खड्कालाई जिताउन महामन्त्री गगनकुमार थापा झापातिर लागेका छन्। 

प्रतिनिधिसभाको बैठक आगामी वैशाख २ गतेसम्मलाई स्थगित भएपछि महामन्त्री थापा उपनिर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन झापा हुँदै इलामतिर लागेका हुन्।

उनी बुधबार साँझ जहाजबाट झापाको भद्रपुर पुगेका छन्। इलाम २ को उपनिर्वाचनका लागि सभापति शेरबहादुर देउवाले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएका छन्। 

शर्मालाई साथ दिन गगन इलाम हिँडेका हुन्। इलाम २ को उपनिर्वाचन कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माका लागि प्रतिष्ठा बनेको छ।

उक्त क्षेत्रमा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङ पुत्र सुहाङलाई उतारेको छ। त्यहाँ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उठाएको छ। 

कांग्रेस महामन्त्री थापा र गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेबीच राजनीतिक प्रतिष्पर्धा चलिरहेका बेला इलाम २ को चुनाव उनीहरूका लागि एउटा दाउ बनेको छ। 

लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको प्रमाण रहेको भन्दै थापाले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिरहेका छन्। उता लामिछानेले आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .