ad ad

राजनीति


उथलपुथलपूर्ण वर्ष पार गर्‍यौँ, अब कम्युनिस्ट एकता गरौँ : झलनाथ खनाल

उथलपुथलपूर्ण वर्ष पार गर्‍यौँ, अब कम्युनिस्ट एकता गरौँ : झलनाथ खनाल

फाइल फाेटाे


नेपालखबर
बैशाख १, २०८१ शनिबार ११:४३, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनका लागि आह्वान गरेका छन्। 

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शनिबार शुभकामना सन्देश जारी गर्दै नेता खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता, पुनर्गठन र प्रगतिको दशक बनाउन अपिल हुन्। 

‘कम्युनिस्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउन सबै वामपन्थी समूहहरूमा म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ भन्नेजस्ता दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ, सबैबीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ’, नेता खनालले भनेका छन्, ‘जनता र राष्ट्रका ज्वलन्त सवालहरूको समाधानका निम्ति एकजुट हुन सक्नुपर्छ। 

उनले बितेको २०८० साललाई एउटा उथलपुथलपूर्ण वर्ष भनेका छन्। 

‘हामीले एकातिर एउटा उथलपुथलपूर्ण, आक्रमण, हस्तक्षेप, युद्ध, विध्वंस र नरसंहारका प्रवृत्तिहरू र अर्कोतिर शान्ति, विकास, स्वतन्त्रता, समाजवाद र समृद्धिका शक्तिहरूको विस्तारको प्रवृत्ति तथा पूर्व र पश्चिम अनि उत्तर र दक्षिण बीचको बढ्दो टक्करका बीच विश्व परिस्थिति विकसित भइरहेको देखिरहेका छौं’, उनले भनेका छन्, ‘त्यसरी नै हाम्रो देशले समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट अघि बढ्ने क्रममा एउटा उथलपुथलपूर्ण वर्षलाई पार गरेका छौं।’

उनले अगाडि भनेका छन्, ‘गत वर्षभरि देशका वामपन्थी शक्तिहरू एक आपसमा विभाजित हुने, एक अर्कोप्रति आक्रामक हुने र आफूले आफैँलाई कमजोर बनाउने दिशामा लागे भने दक्षिणपन्थी शक्तिहरूले आफूलाई बलियो बनाउँदै लगे। त्यसले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यता सिर्जना गर्‍यो। मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको क्षेत्र संकटग्रस्त बन्दै गयो।’

२०८० को अन्त्यमा वामपन्थी शक्ति संयुक्त सरकारमा सहभागी बनेको उल्लेख गर्दै उनले यो एउटा सकारात्मक राजनीतिक विकास भएकाे जिकिर गरेका छन्। 

पढ्नुहोस् खनालको पूरा विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .