ad ad

राजनीति


कांग्रेसले एक वर्षसम्म बालुवाटार र सिंहदरबारतिर हेर्दै नहेरोस् : गगन थापा

कांग्रेसले एक वर्षसम्म बालुवाटार र सिंहदरबारतिर हेर्दै नहेरोस् : गगन थापा

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १९:२१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएका छन्।

सोमवार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताए।

उनले ०८१ सालमा सरकार बनाउने खेलमा कांग्रेस लाग्नु नहुने बताए। उनले एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरुलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताए।

उनले भने, ‘२०८१ साल एक वर्ष नेपाली कांग्रेसले बालुवाटारतिर हेर्दै नहेरोस्। बालुवाटार आयो की आँखा चिम्म गरेर अघि गइहाल्यौँ। महाराजगञ्जतिर गइहाल्ने। हेर्दै नहेर्ने। सिंहदरबारतिर पनि हेर्दै नहेर्ने। एक वर्ष ०८१ माओवादी, एमाले साथीहरु मिलेर सरकार चलाउन दिनुस्। चलाउनुस्।’

उनले सरकारमा नयाँ आएकाहरूले कांग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्ने जस्ता भ्रम छरिरहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुनासाथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए।

उनले भने, ‘अहिले नयाँ आएका सरकारका साथीहरुले जताततै अब चमत्कार हुन्छ, अस्तिसम्म कांग्रेस भएकाले नभएको हो, अब कांग्रेस गयो, राम्रो हुन थाल्यो भन्ने छ। त्यो बेकारको कुरा हो। हामी हावादारी कुरा गरिरहेका छौँ नि। म नेता, प्रधानमन्त्री हुनासाथै, म आउनासाथै म जादुगर हो, मैले अब जादु गर्छु। अब म कतार, मलेसिया, सबैको स्टिकर टाँसेर नेपाल ल्याउँछु भनेर अर्को फेरि आयो। हामी देको देइ गर्न थाल्यौँ क्या।’

उनले सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी रहेको बताए।

महामन्त्री थापाले नागरिकहरुको न्यायको लागि कांग्रेसले आवाज उठाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .