ad ad

राजनीति


प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे झलनाथ

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे झलनाथ

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार ९:२२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ। 

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच करिब एक घण्टा भेटवार्ता भएको हो।

दुई नेताबीचको भेटघाट पछिल्लो राजनीति घटनाक्रम र समसामयिक विषयवस्तु, वर्तमान समीकरण, सुदूरपश्चिम प्रदेशको समस्याका विषयमा केन्द्रीत रहेको खनाल निकट स्रोतले जानकारी दिएको छ।।

केन्द्रको सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा दोहोरो चरित्र देखाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीको तीव्र आलोचना गरेका छन्। 

केन्द्रमा एमाले माओवादी गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षमा लागेको छ। यसले केन्द्रको गठबन्धनमा दरार सिर्जना हुन लागेको चर्चाबीच प्रचण्ड र खनालबीच भेटवार्ता भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .