नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अघि सार्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नथ खतिवडाले जानकारी दिए।
पार्टीको १०औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न सचिवालयको बैठक अहिले पनि जारी रहेको उनले बताए।
यसअघि सत्ता गठबन्धनका दलबीच सुदूरपश्चिमको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने निर्णय भइसकेको छ।
तर एकाएक एमालेले बोली फेरेपछि सोडारी मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखको कार्यालय जाने कार्यक्रममा ढिलाइ भइरहेको छ।
93
Shares
प्रतिक्रिया