राजनीति


जसपा विभाजनको तरंग: माधव नेपालले बोलाए संसदीय दलको बैठक

जसपा विभाजनको तरंग: माधव नेपालले बोलाए संसदीय दलको बैठक

फाइल तस्बिर


नेपालखबर
बैशाख २४, २०८१ सोमबार १०:३७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको संसदीय दलको बैठक बोलाएका छन्। 

जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएपछि उत्पन्न नयाँ राजनीतिक घटना क्रमकाबीच नेता नेपालले संसदीय दलको बैठक डाकेका हुन्। 

बैठक सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी बोलाइएको एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले जानकारी दिए। अहिलेसम्म बैठकका एजेन्डा भने खुलाइएकाे छैन।

पार्टीका असन्तुष्ट सांसदलाई सम्झाइ-बुझाई गर्न नेता नेपालले बैठक बोलाएका अनुमान छ।

नेता नेपाल वर्तमान सत्ता गठबन्धनलाई छाडेर कांग्रेससँग गठबन्धन गर्ने प्रयासमा रहेको बताइन्छ। कांग्रेसले नेता नेपाललाई प्रधानमन्त्रीकाे लाेभ देखाएकाे छ। तर, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल भने एमाले-माओवादी गठबन्धनकै पक्षमा छन्। 

जसपा विभाजनको तरंगले आफ्नो दल पनि विभाजन हुने भय नेता नेपालमा व्याप्त रहेकाे बताइन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .