राजनीति


सभामुखको आह्वानमा आज प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक

सभामुखको आह्वानमा आज प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार ८:२९, काठमाडौँ

सभामुख देवराज घिमिरेको आह्वानमा आज (मंगलबार) प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दै छ। 

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठक अहिले बिहान साढे ११ बजे सभामुखको कार्यकक्षमा बस्नेछ। 

सभामुख घिमिरेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाइएको छ। 

यही वैशाख २८ गते संसद्को बर्खे अधिवेशन सुरु हुँदै छ। त्यसअघि सभामुख घिमिरेले सत्ता र प्रतिपक्ष दुवै दलका शीर्ष नेताहरूबीच छलफल गराउन लागेका हुन्। 

सहकारीको रकम हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसअघि निरन्तर संसद् बैठक अवरुद्ध गरिरहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .