राजनीति


सर्वदलीय बैठकमा ओलीले भने– रविजीलाई संसद्‌मा बोल्न दिनुपर्छ

सर्वदलीय बैठकमा ओलीले भने– रविजीलाई संसद्‌मा बोल्न दिनुपर्छ

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १४:१८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाको विषयमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्न पाउनुपर्ने बताएका छन्। 

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा ओलीले सो कुरा बताएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले बताए। 

उनका अनुसार आजको छलफल निकै सकारात्मक भएको छ। 

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीले पनि कमसेकम गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिनुपर्छ भन्नुभयो,’ परियारले भने, ‘उहाँमाथि शंका उठेपछि त्यसबारे स्पष्ट पार्न दिनुपर्छ, यो न्यायाको सामान्य सिद्धान्त हो।’

प्रतिनिधिसभाको बर्खे अधिवेशन आगामी वैशाख २८ गतेका लागि बोलाइएको छ। सो बैठकअघि सभामुख देवराज घिमिरेले मंगलबार दलका नेताहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .