नेपाली कांग्रेसका सभापति एवं पूर्र्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी—स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्।
बिहीवार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको कुरा बाहिर आएको भन्दै उहाँले
आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति? भन्दै प्रश्न गरे।
‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ,’ उनले भने, ‘कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि। त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ। काँग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन। यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो।’
देउवाले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताए।
Shares

प्रतिक्रिया