ad ad

राजनीति


रास्वपा महामन्त्री ढकालले सुरु गरे ‘समीक्षा यात्रा’

रास्वपा महामन्त्री ढकालले सुरु गरे ‘समीक्षा यात्रा’

नेपालखबर
जेठ ६, २०८१ आइतबार २०:३८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा यात्रा’ सुरु गरेका छन्। पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका सबल र दुर्वल पक्ष पहिचानका लागि डा. ढकालले असार ५ गतेसम्म देशभर यात्रा गर्ने रास्वापाले जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयमा समीक्षा यात्राकाका लागि घण्टी दिएर बिदाइ गर्दै सभापति रवि लामिछानेले महामन्त्री ढकालमार्फत विभिन्न पक्षबाट प्राप्त हुने सुझावले पार्टीलाई चुस्त–दुरुस्त र थप जनमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

वैशाख २१ गते बसेको सचिवालय बैठकले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो। यात्रा क्रममा आफूले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे प्रदेश र जिल्ला तहबाट रिपोर्टिङ लिने र नागरिकका समस्या बुझ्ने महामन्त्री ढकालले जानकारी दिए।

‘हामीले कहाँ सही र गल्ती गर्‍यौं, के गर्नु हुन्न र गर्नुपर्छ भन्नेबारे तल्लो तहबाट सुझाव लिन यात्रा गर्न लागेको हुँ’ महामन्त्री ढकालले भने, ‘प्राप्त सुझाव केन्द्रीय समितिमा छलफल गरेर पार्टी सुदृढीकरणको पक्षमा उपयोग गर्छौं।’

महामन्त्री ढकालका अनुसार यात्रामा सांसद र केन्द्रीय सदस्यहरु बीच–बीचमा जोडिने छन्। एक महिने यात्रामा महामन्त्री ढकाल ३२ जिल्ला पुग्नेछन्। काठमाडौंबाट सुरु हुने यात्रा डोल्पा पुगेर टुंगिदासम्म महामन्त्री ढकाल ४८ वटा समीक्षा बैठकरकार्यक्रममा सहभागी हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .