राजनीति


छाया सरकारले भ्रष्टाचारका विषयमा प्रधानमन्त्रीमाथि नै अनुसन्धान गर्ने

छाया सरकारले  भ्रष्टाचारका विषयमा प्रधानमन्त्रीमाथि नै अनुसन्धान गर्ने

नेपालखबर
फागुन ११, २०७६ आइतबार ८:१७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक बसेको छ।

गत जेठमा गठन भएको सरकारको बैठक आइतबार बसेको हो। वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा बैठकमा समीक्षा भएकाे कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचार भएका कुराहरु बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको उनले बताए। ‘जसले जुन मन्त्रालय हेर्नुभएको छ त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरु रोक्न र जनता समक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ’, पाण्डेले भने।

मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्रीसमेत जानकार रहेको विषयमा भिन्न रुपमा छानबिन गर्ने पनि निर्णय भएको उनले बताए।

संसदमा भएका अन्य दलहरुसँग १३ गते बस्ने संसद बैठकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने उनले बताए। बाँस्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरुलाई सरकार बाहिर रहेका दलहरुले सामूहिक रुपमा अगाडि बढाउने विषयमा छलफल गर्न सोमबार बैठक डाकिएको उनले बताए।

प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समीक्षागत छलफल भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad