राजनीति


‘गोरखा मिडिया’ को नाम राखेर छानबिन समितिको ४ बुँदे टीओआर तयार

‘गोरखा मिडिया’ को नाम राखेर छानबिन समितिको ४ बुँदे टीओआर तयार

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १३:५३, काठमाडौँ

सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा ४ बुँदे सहमति भएको छ। मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले कार्यादेश टुंगो लगाएको हो। 

उक्त टीओआरमा सहकारीमा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने उल्लेख गरिएको छ। 

समग्र समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोरखा मिडियाका पदाधिकारीको भूमिका लगायतका विषयमा अध्ययन गर्ने कार्यादेशमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad