राजनीति


संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाऔँ : सांसद गौतम

संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाऔँ : सांसद गौतम

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:१९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका हुन्। 

उनले अब यही रुपको संघीयता, निर्वाचन प्रणाली, शासन व्यवस्था र सरकार सम्भव नभएको भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने धारणा राखे। 

‘के यो देशले अब यो स्थिति चुपचाप सहन सक्छ? यही रुपको संघीयता, यही रुपको निर्वाचन प्रणाली, यही रुपको सरकार, यही रुपको शासन व्यवस्था अब सम्भव छ? मलाई लाग्दैन। हामी अनावश्यक समय खेर फाल्दैछौँ। देश बर्बाद पार्दैछौँ। जुन राज्यमा शासकहरु भ्रष्ट हुन्छन्। जुन राज्यमा शासकहरु व्यभिचारी हुन्छन्। जुन राष्ट्रमा शासन गर्नेसँग लेस मात्रैको पनि नैतिक आचरण हुँदैन त्यो राज्यका कर्मचारी कस्ता हुन्छन्? त्यो देशको न्यायपालिका कस्तो हुन्छ? के आशा गर्ने? के भरोसा गर्ने? म निराश भएको छु,’ सांसद गौतमले भने।

उनले यही प्रक्रियामा देश चलाएर देशलाई बर्बाद पारिरहेको पनि बताए। यो संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न सकिने पनि उनले बताएका छन्।

‘अब हामीसँग एउटा झिनो आशा बाँकी छ। देशको माया गरौँ। दलगत आग्रह र पूर्वाग्रहलाई छोडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ। यहीँ संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न हामी सक्छौँ। बोर्डर डेमोक्रेटिक एलाइन्स्को कल्पना गरौँ। र यो संविधानलाई संशोधन गरौँ। यो मुलुकमा सुशासनको प्रत्याभुति दिउँ। जनतामा आशा र भरोसा पैदा गर्ने एउटा बाटो कोरौँ। अनिमात्र हामिले अगाडी बढ्न सक्छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad