राजनीति


एमसीसी जलाउन खोज्दा विद्यार्थी नेताहरु गिरफ्तार

एमसीसी जलाउन खोज्दा विद्यार्थी नेताहरु गिरफ्तार

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ९:१५,

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका तीन नेतालाई मंगलबार प्रहरीले गिरफ्तार गरेको छ।

एमसीसीको प्रति जलाउन खोज्दा क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलसहित तीन नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा क्रान्तिकारीका अध्यक्ष गजुरेल, केन्द्रीय सदस्यद्वय सुनिल वैद्य र जगत शाही छन्।

शान्तिवाटिकाबाट जुलुशसहित आरआर क्याम्पस अगाडि आएर एमसीसी प्रति जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको अध्यक्ष गजुरेलले बताए। त्यसक्रममा प्रहरीले गरेको लाठीचार्जबाट केही विद्यार्थी नेता घाइते भएका छन्। पक्राउ परेका केन्द्रीय सदस्य जगत शाहीको शरीर भरि निलडाम रहेको र कपडा च्यातिएको गजुरेलले जानकारी दिए।

वैद्य नेतृत्वको माओवादीले एकल रुपमा र नेकपा (मसाल) लगायतका १० राजनीतिक दलसँग मिलेर एमसीसी र सीमा अतिक्रमण विरुद्ध प्रदर्शन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad