राजनीति


नेकपा सचिवालय बैठक बस्दै, एमसीसीसहितका विषयमा छलफल हुने

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीसहितका विषयमा छलफल हुने

नेपालखबर
फागुन १४, २०७६ बुधबार ४:३२,

सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा विहान ११ बजे बैठक बस्न लागेको हो।

बैठकमा प्रस्तुत हुने ऐजेण्डाका विषयमा भने अध्यद्वयले कुनै जानकारी नगराएका पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

‘अध्यक्षद्वयले बैठक बोलाउनु भएको हो। समसामयिक विषयमा छलफल होला,’ नेता खनालले नेपालखबरसँग भने।

खनालले ठ्याक्कै एजेण्डा नखुलाए पनि बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता, संविधान संशोधन, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरण लगायतका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ।

एमसिसीका विषयमा अध्ययन गर्न नेकपाले नेता खनाल नेतृत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलले दिएको सुझावका विषयमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आआफ्नो धारणा राख्ने सम्भावना रहेको स्रोतको भनाई छ।

एमसीसीका विषयमा तीन साता अध्ययन गरेर ९ फागुनमा खनाल नेतृत्वको कार्यदलले पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .