राजनीति


सक्षम शिक्षक नभई सामुदायिक विद्यालय बदलिँदैनन्: शिक्षामन्त्री पोखरेल

सक्षम शिक्षक नभई सामुदायिक विद्यालय बदलिँदैनन्:  शिक्षामन्त्री पोखरेल

शैलेन्द्र महतो
फागुन १८, २०७६ आइतबार ५:३९,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले देशका सामुदायिक विद्यालयको अवस्था नाजुक देखिएकाे बताएका छन्।

शनिबार धनुषाको गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा सहिद रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालयको उदघाटन क्रममा उनले यस्तो बताएका हुन्।

‘नेपालभरि ३५ हजार विद्यालय छन्। जसमध्ये २९ हजार सामुदायिक विद्यालय छन्। सामुदायिक विद्यालयको अवस्था रुग्ण र बिरामी उद्योगजस्तै लाग्छ मलाई। हुन त हरेक जिल्लामा केही न केही राम्रा, सारै राम्रा सामुदायिक विद्यालय पनि छन्। तिनीहरू प्रतिस्पर्धा अगाडि बढिरहेका छन्।’

मन्त्री पोखरेलले भने, ‘तर अहिले पनि सार्वजनिक धेरै स्कुल मूलधार बन्न सकेको छैनन्। त्यसलाई मूलधार बनाउनुपर्छ। मूलधार बनाउन पहिलो शिक्षक व्यवस्थापनको सवाल नै हो। सक्षम शिक्षक नभई स्कुल बदलिँदैनन्।’

विद्यालयहरुको समस्याहरू व्यवस्थापन गर्दै स्तरीय शिक्षाका लागि ९० प्रतिशत अधिकार स्थानीय सरकारलाई दिएको उनको भनाइ छ। शिक्षक भर्ना गर्ने १० प्रतिशत अधिकार मात्र शिक्षक सेवा आयोगसँग रहेको बताउँदै उनले अब कसैले आफ्नो खल्तीबाट आफ्न मान्छे शिक्षक राख्न नपाउने दाबी गरे।

प्राविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता रहेको भन्दै मन्त्री पोखरेलले सबैले अनिवार्य १२ कक्षासम्म पढ्नैपर्ने र विद्यालय छाड्दा हरेक विद्यार्थीमा जीवनयापन गर्ने एउटा सीप, अंग्रेजी सिकेको र कम्प्युटर शिक्षा भएकै हुनुपर्ने धारणा राखे।

उनले नेपाली र मातृभाषालाई प्राथमिकतामा राखेर पठनपाठन गराउन आग्रह गरे। विद्यार्थीमा मातृभषामा कुनै कुरा सिक्न सक्ने क्षमता बढी हुने भन्दै मन्त्री पोखरेलले मातृभाषालाई अझ प्राथमिकतामा राखेर अध्यापन गराउन शिक्षकहरुलाई सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad