राजनीति


दुवै समितिमा सभापति निर्विरोध, गैरे र न्यौपानेले लिए शपथ

दुवै समितिमा सभापति निर्विरोध, गैरे र न्यौपानेले लिए शपथ

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १७:४५, काठमाडौँ

संघीय संसदका दुईवटा संयुक्त समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।

संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा एमाले सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन्।

बिहीबार दुवै समितिका छुट्टाछुट्टै बैठक बसी निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

त्यसलगत्तै दुवै सभापतिले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

सिंहदरबारमा आज आयोजित कार्यक्रममा गैरे र न्यौपानेले शपथ लिएका हुन्।

समिति सभापतिमा निर्वाचित भइसकेपछि कार्यभार सम्हाल्नुअघि सभामुखसँग शपथ लिनुपर्ने प्रावधान छ।

शपथपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको कामना दिए।

शपथपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनीहरूले समितिको कार्यक्षेत्रभित्र रहेर उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

सो कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे, नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रमुख सचेतक र मुख्य सचेतकलगायतको उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad