प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन्।
ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो।
अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए। कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन्।
33
Shares

प्रतिक्रिया