बिहीबार दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले किमले ‘सान्त्वनाको सन्देश’ चिठीमार्फत् दिएको बताएको छ।
चिठीमा किमले दक्षिण कोरियाले कोरोनाविरुद्धको अभियानमा सकारात्मक सफलता हासिल गर्नेमा उत्तर कोरिया विश्वस्त भएको बताएका छन्।
किमले राष्ट्रपति मुन जे इनको स्वास्थ्यबारे आफू चिन्तित भएको बताएको दक्षिण कोरियाली संचारमाध्यमले जनाएका छन्।
केहीदिन अगाडि मात्र किमकी बहिनी उत्तर कोरियाली सरकारको प्रचार विभाग प्रमुख किम यो जोङले दक्षिण कोरियाको चर्को आलोचना गरेकी थिइन्।
किमको चिठीले उत्तर र दक्षिणको बिग्रिएको सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गरिएको छ।
दक्षिण कोरिया चीनपछि सबैभन्दा बढी कोरोनाबाट ग्रस्त मूलुक हो। त्यहाँ ६ हजार ५९३ जना कोरोनाबाट संक्रमित छन् भने ४२ को मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया