भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाहरु प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्न सक्षम रहेको बताएकी छन्।
राष्ट्रपति, सभामुख र प्रधानन्यायधीशजस्तो गरिमामय पदमा महिला आसीन भइसकेको भन्दै मन्त्री अर्यालले महिलाहरु सक्षम भएको स्पष्ट पारिन्।
‘राष्ट्र निर्माणको दायित्व पूरा गर्ने सवालमा महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको जगजाहेर छ। राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला भइसकेको र उनीहरुले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेकोले यसले महिला सक्षम छन् भन्ने भइसकेको छ,’ रिपोर्टर्स क्लबको अन्तक्र्रियामा उनले भनिन्, ‘आजसम्म जो जो महिला महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभयो, कसैमाथि पनि काम गर्न नसकेको भनेर आलोचना खेप्नुपरेको छैन। प्रश्न उठेको छैन। बरु, कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह भएको भनेर चर्चा तथा परिचर्चा भएका छन्। त्यसैले देशको नेतृत्व लिनेगरी महिला प्रधानमन्त्री बन्न सम्भव छ।’
‘परिस्थिति बन्दा र महिलामाथि विश्वास प्रकट हुँदा महिला प्रधानमन्त्री बन्नसक्ने कुरा स्वभाविक हो,’ मन्त्री अर्यालले थपिन्।
उनल अब महिलालाई आर्थिक उपार्जनसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन्।

प्रतिक्रिया