समाज


इटली र इरानमा बढेको बढ्यै कोरोना संक्रमित, यस्तो छ अवस्था...

इटली र इरानमा बढेको बढ्यै कोरोना संक्रमित, यस्तो छ अवस्था...

नेपालखबर
फागुन २५, २०७६ आइतबार ९:३९,

चीनपछि कोरोनाबाट ग्रस्त मूलुकमध्ये इटली र इरान प्रमुख राष्ट्रहरु हुन्।

आइतबारसम्म इटालीमा कोरोनाबाट संक्रमितको संख्या ५ हजार ८८३ पुगेको छ। त्यहाँ २३३ को मृत्यु भइसकेको छ।

यस्तै इरानमा कोरोनाबाट संक्रमितको संख्या ५ हजार ८२३ पुगेको छ। त्यहाँ मृतकको संख्या १ सय ४५ पुगेको छ।

इटलीलाई युरोपमा कोरोनाको उद्गमस्थल मानिएको छ। आइतबार इटालीका डेढ करोड मानिसलाई क्वारेन्टाइनमा राखिने खबर सार्वजनिक भएको छ। क्वारेन्टाइनबाट भाग्न खोज्नेलाई ३ महिनाको जेल सजाय तोकिएको छ।

यस्तै इरानमा कोरोना संक्रमितको व्यवस्थापन हुन नसकेको आरोपहरु लागेको छ। कोरोनाका कारण इरानमा दुई सांसदको निधन भइसकेको छ। उनीहरु हालै संसदमा निर्वाचिन भएका थिए।

तथ्यांकअनुसार इटाली र इरानका संक्रमितको संख्याले दक्षिण कोरियालाई भेट्टाउन लागेको छ। दक्षिण कोरिया चीनपछि सबैभन्दा कोरोनाग्रस्त मूलुक हो।

त्यहाँ हालसम्म ७ हजार ३१३ जना संक्रमित भेटिएका छन्। ५० को मृत्यु भइसकेको छ।

विश्वभरको तथ्यांक हेर्दा हालसम्म १ लाख ५ हजार ७९० कोरोनाबाट संक्रमित छन् ३ हजार ५९८ को ज्यान गइसकेको छ।

चीनमा मात्र ८० हजार ६९५ संक्रमित छन्। त्यहाँ ३ हजार ९७ को मृत्यु भइसकेको छ। यस्तै कोरोनाको उपचारपछि ५८ हजार ५६८ जना निको भएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad