राजनीति


रवि पक्राउ पर्दा प्रधानमन्त्रीविरुद्ध समर्थकको नाराबाजी (भिडिओ)

रवि पक्राउ पर्दा प्रधानमन्त्रीविरुद्ध समर्थकको नाराबाजी (भिडिओ)

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १९:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको हो। 

रवि पक्राउ पर्दैगर्दा पार्टी कार्यालय, वनस्थलीमा उपस्थित समर्थकको भिडले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन्। 

पक्राउ पर्नुअघि रवि लामिछानेले संक्षिप्त सम्बोधन समेत गरेका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पुगेर नियन्त्रणमा लिएको थियो। 

उनलाई आजै पोखरा लग्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad