नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
बाढीपहिरो पीडितहरूलाई समयमै राहत उपलब्ध गराउने विषयमा ज्ञापनपत्र हस्तान्तरणका लागि चार प्रतिपक्षी दलका नेताहरू बालुवाटार पुगेका हुन्।
बालुवाटार पुग्ने नेताहरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल र सांसद शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह छन्।
कात्तिक १ गते बसेको प्रतिपक्षी दलहरूको बैठकले राहत वितरणमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो। सोहीबमोजिम आज अपरान्ह ज्ञापनपत्र बुझाउने कार्यक्रम भए पनि प्रचण्ड र नेपाल उपत्यकाबाहिर भएकाले साँझ ८ बजेका लागि कार्यक्रम तय गरिएको हो।
कात्तिक १ को प्रतिपक्षी दलहरूको बैठकमा सत्तामा रहेका लोसपा र नागरिक उन्मुक्ति पार्टी सहभागी भए पनि आज भने उनीहरू सामेल छैनन्।
Shares

प्रतिक्रिया