राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कात्तिक १५ देखि ३० सम्मको भ्रमणका लागि भ्रमण स्वीकृत गरेको बताए।
अजरबैजानको बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो।
त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रहरीको एआईजी पदमा किरण राणा र डा. सुन्दर प्रसाद ह्योजुलाई बढुवा गरेको छ। नेपाल प्रहरी रिक्त जनपद समूहमा रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी महानायक निरीक्षक राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूहतर्फ रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्राविधिक प्रहरी नायब महानिरीक्षक ह्याजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पातल महाराजगन्जमा पदास्थापना गरिएको मन्त्री गुरुङले बताए।
प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको पनि उनले जानकारी दिए।
आयोगको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यहरूमा महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोकाका डा. जगतबहादुर बस्नेत, कैलालीका टेकबहादुर शाह, दार्चुलाका गोवर्धन कोली र तनहुँकी आरती भण्डारी छन्।
नेपाल सरकार र भारतीय एक्जिम बैंकबीच भएको ऋण सम्झौता एलओसी दोस्रो र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि उनले बताए।
मन्त्रिरिषद्ले नयाँ बुटवल लमही ४०० केभी प्रसारणलाइन आयोजनाको टावर प्याड निर्माण गर्न रुपन्देही, कपिलवस्तु,अर्घाखाँची र दाङ जिल्लामा करिब ०.२६ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ। सरकारले सम्पत्ति शुद्धीकरण नियमावली, २०८१ पनि स्वीकृत गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
१.नेपाल सरकार र भारतीय एजीम बैंकबीच भएको ऋण सम्झौता एलओसी दोस्रो र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृति प्रदान गर्ने।
२. नयाँ बुटवल लम्ही ४०० केभी प्रशारणलाइन आयोजनाको टावर प्याड निर्माण गर्र्न रुपन्देही कपिलवस्तु,अर्घाखाँची र दाङ जिल्लामा करिब ०.२६ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई स्वीकृति दिने
३. नेपाल प्रहरीमा रिक्त भएको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षक किरण राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग, नक्सालमा र प्राविधिक स्वास्थ्य समूहतर्फ रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्राविधिक प्रहरी नायब महानिरीक्षक डा. सुन्दरप्रसाद होजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पातल, महाराजगञ्जमा पदास्थापना गर्ने
४. राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा अरवैजनको राजधानी बाकुमा हुने राष्ट्र संघीय जलवायु सम्बन्धि महासन्धी पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा कोप २९ अन्तरगर्त वल्डलिडर क्लाइमेट एक्सन समिटमा सहभागि हुन कात्तिक १५ देखि ३० सम्मको भ्रमण स्वीकृत गर्ने
५. समस्याग्रस्त सहकारी कार्यलयको लागि आर्थिक वर्ष २०८१/८२ को लागि अघिकृत स्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने
६.भूमि समस्या समाधान आयोगको अध्यक्ष उपाध्यक्ष र सदस्य पदमा क्रमश हरि प्रसाद रिजाल पुठान,सनतकुमार कार्की, जाजरकोट,गुन्जबहादुर खड्का महोतरी,कृष्ण प्रसाई झापा,डा.जगतबहादुर बस्नेत सिन्धुपाल्चोक , टेकबहादुुर साह कैलाली र गोवर्धन कोली दाजुला आरती भण्डारी तनहु महिला सदस्य।
७.माछाखोला जलविद्युत आयोजना निर्माणको लागि गोर्खा जिल्लाको दार्जे गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४.९५ हेक्टर भएको जग्गा प्रयोग गर्न वन तथा वातारण मन्त्रालयलाई स्वीकृत दिने।
८. नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने।
९. कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा र्मडिटमा हुने टु अर्स लेभर इन्टरनेशनलको सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरदसिंह भण्डारीलाई भ्रमण स्वीकृति दिने।
१०. संयुक्त राष्ट्र संघीय मानव विकास कार्यक्रम, कायरोमा सहमागी हुन पोखराका मेयर धनराज आचार्यलाई स्वीकृति दिने।
११. सम्पत्ति शुद्धीकरण नियमावली, २०८१ स्वीकृत।
१२. विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ स्वीकृत ।
Shares

प्रतिक्रिया