राजनीति


कीर्तिपुरकी कार्यवाहक मेयरमाथि हातपात गर्ने वडाध्यक्षले मागे माफी

कीर्तिपुरकी कार्यवाहक मेयरमाथि हातपात गर्ने वडाध्यक्षले मागे माफी

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १२:१८, काठमाडौँ

कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि हातपात र कार्यकक्षमा तोडफोड गर्ने वडाध्यक्षले माफी मागेका छन्। 

बागमती प्रदेशका पूर्व पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनसहितको उपस्थितिमा भएको छलफलमा हातपात गर्ने वडा नं. ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले माफी मागेको मेयरको निजी सचिवालयले जनाएको छ। 

मेयरका निजी सचिव केशव महर्जनका अनुसार वडाध्यक्षले ‘आफूबाट उत्तेजनामा आएर भएको गल्तीको क्षमायाचनासहित भविष्यमा त्यस किसिमका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता’ जनाएपछि  कारबाही अगाडि नबढाइने भएको हो।

वडाध्यक्ष महर्जनले आइतबार दिउँसो साढे २ बजेतिर कार्यालय पुगेर मेयरमाथि हातपात गर्नुका साथै कार्यकक्षमा तोडफोडसमेत गरेका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad