नेकपा एकीकृत समाजवादीले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको चुनावमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने भएको छ।
बुधबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला कमिटीबीचमा सहमति भएपछि एकीकृत समाजवादीले आफ्ना उम्मेदवारलाई फिर्ता गराउँदै माओवादीकी नरपुरा बुढा पुनलाई सघाउने घोषणा गरेको हो।
उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो १ बजेसम्मलाई तोकिएको थियो।
पुथाउत्तरगंगामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गरेका छन्। जस अनुसार गाउँपालिका उपाध्यक्षमा एमालेकी केशकुमारी तुलाचनले कांग्रेसको निर्वाचन चिह्नमा उम्मेदवारी दिएकी छन्। 
66
Shares

प्रतिक्रिया