राजनीति


पुथा उत्तरगंगा–२ को वडाध्यक्षमा घर्ती निर्विरोध निर्वाचित भएको आयोगको घोषणा

पुथा उत्तरगंगा–२ को वडाध्यक्षमा घर्ती निर्विरोध निर्वाचित भएको  आयोगको घोषणा

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १५:४, काठमाडौँ

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधाबर घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। एमालेका उम्मेवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि  घर्ती निर्विरोध निर्वाचित भएका थिए। 

रुकुम पूर्वको पुथा उत्तरगंगामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गर्दै उम्मेदवारी दिएका थिए। जस अनुसार गाउँपालिका उपाध्यक्षमा एमालेकी  केशकुमारी तुलाचनले कांग्रेसको निर्वाचन चिह्नमा उम्मेदवारी दिएकी थिइन्। 

त्यस्तै वडा नं. २ मा पनि एमालेका रोकाले उम्मेदवारी दिएका थिए। त्यसलाई कांग्रेसले सर्मथन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad