संघीय संसद, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।
सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्ने १५ औँ बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकमाथीको छलफल आज सकिने र समितिले अन्य विधेयकको काम अगाडि बढाउने समिति सभापति तुलसाकुमारी दाहलले बताइन्।
विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा बाहेक नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ र तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ रहेको छ।
18
Shares

प्रतिक्रिया